
काठमाडौं- प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक र सह-चालकलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ वटा हायसका तीनजना चालक र तीन सहचालकलाई पक्राउ गरेको हो । उनीहरूले तोकिएकोभन्दा दोब्बर भाडा लिएको यात्रूहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।हायस सञ्चालकले काठमाडौंबाट पोखराको भाडा ७५० तोकिएकोमा १५ सय रुपैयाँ लिएको पाइएको छ ।