
काठमाडौं– सेक्युर्ड सेक्युरिटिज लिमिटेड अर्थात् ब्रोकर नम्बर ३६ ले आगामी आइतबारबाट आफ्नै टिएमएस सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै आइतबार (असोज २० गते) देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने जानकारी दिएको छ । अहिले सञ्चालन भएको टिएमएस भने आइतबारबाट बन्द हुने कम्पनीले सूचनामा जानकारी दिएको छ ।
लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् । नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यालयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।