
गत असोज ११ र १२ गते देशका विभिन्न भागमा आएको बाढीपहिरोमा परेर तीनजना विदेशी नागरिकको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा दुईजना कोरियन नागरिकले ज्यान गुमाएका छन् ।सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बीच रिसोर्टमा पहिरोले पुरेर उनीहरूको ज्यान गएको हो । त्यसैगरी रामेछापको खाँडादेवी नगरपालिकामा पनि एकजना अमेरिकी नागरिकको पहिरोमा परेर ज्यान गएको छ । रामेछापकै खाँडादेवीमै एकजना भारतीय नागरिक घाइते घाइते भएका छन् । उता दोलखास्थित एक रिसोर्टमा पहिरोले पुरेर एकजना कोरियन नागरिक पनि घाइते छन् । यता ललितपुरमा बाढीमा परेर तीनजना भारतीय नागरिक घाइते भएका छन् । पूर्वी नेपालको पाँचथरमा एकजना भारतीय नागरिक बाढीमा परेर बेपत्ता छन् ।