जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोपीडितका निम्ति प्राइम बैंकको ३१ लाख सहयोग

बाढीपहिरोपीडितका निम्ति प्राइम बैंकको ३१ लाख सहयोग

काठमाडौं । प्राइम बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षतिमा पीडितलाई तत्काल राहतका निम्ति सहयोग गरिएको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका अधिकारीले ३१ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका