जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोपीडितलाई इन्भेष्टमेण्ट मेगा बैंकको राहत

बाढीपहिरोपीडितलाई इन्भेष्टमेण्ट मेगा बैंकको राहत

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण गरेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएकाले बैंकले पीडितलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो ।

बैंकले पनौती नगरपालिका–११ सँग सहकार्य गर्दै त्यस वडाभित्रका ३७३ बाढीपहिरो प्रभावित घरधुरीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्री वितरण गरिएको जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका