जोडिनुहोस
  • होमपेज
  • श्रीमतीको हत्यागरि टाउको बोकेर हिँडेको अवस्थामा युवक पक्राउ

श्रीमतीको हत्यागरि टाउको बोकेर हिँडेको अवस्थामा युवक पक्राउ

काठमाडौं। उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन्।

मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन्। हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले बताए।

भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन्।

उनीहरूका दुईजना बच्चा छन्। शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन्। चिया बेचेर कोरियन भाषा पनि सिक्दै गरेकी उनका दुई छोरा ४ र १ कक्षामा पढ्छन्।

दम्पतीको बिचमा करिब दुई वर्षदेखि राम्रो सम्बन्ध थिएन। सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा उनीहरूको बीचमा विवादपछि हत्या भएको थाहा भएको छ।

हत्या गरेपछि उनले खुकुरीले टाउको काटेर बोकेर हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले करिब १ किलोमिटर परबाट पक्राउ गरेको एसपी योगीले जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका