जोडिनुहोस
  • होमपेज
  • आर्मीलाई हराउँदै पुलिस राष्ट्रिय भलिबलको फाइनलमा, अब एपीएफसँग खेल्ने

आर्मीलाई हराउँदै पुलिस राष्ट्रिय भलिबलको फाइनलमा, अब एपीएफसँग खेल्ने

त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनल प्रवेश गरेको छ । विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ । समुह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समुह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो । यसअघि एपीएफ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्र्र्दै फाइनल प्रवेश गरेको हो । बिहीबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबस्च खेल हुनेछ । फाइनल खेल बिहीबार दिउँसो १ बजे एपीएफ क्लब र नेपाल पुलिसबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Desi : Latest News, Movies And Pictures On Desi