जोडिनुहोस
  • होमपेज
  • अमेरिकासँगको सैन्य वार्तामा चीनले भन्यो– ‘ताइवानको विषयमा कहिल्यै पनि सम्झौता गर्दैनौँ’

अमेरिकासँगको सैन्य वार्तामा चीनले भन्यो– ‘ताइवानको विषयमा कहिल्यै पनि सम्झौता गर्दैनौँ’

चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने बताएको छ । सन् २०२१ पछि पहिलो पटक भइरहेको अमेरिकासँगको सैन्य वार्तामा चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट अडान राखेको बीबीसीले जनाएको छ ।

चीनले अमेरिकासँग ताइवानलाई हतियार उपलब्ध गराउन बन्द गर्न र ताइवानसँग आफूहरूको चिन्तालाई गम्भीरतापूर्वक लिन पनि भनेको छ । चीनले समानता र सम्मानको आधारमा अमेरिकासँग स्वस्थ र स्थिर सैन्य सम्बन्ध विकास गर्ने आफ्नो इच्छा रहेको भन्दै अमेरिकी पक्षले एक चीन सिद्धान्तको सम्मान गर्दै ताइवानसँग व्यवहार गर्नुपर्ने बताएको छ ।

ताइवानमा चुनाव हुनु केही दिनअघि भएको वार्तामा चीनले लिएको अडानलाई अर्थपूर्णरूपमा हेरिएको छ । ताइवानमा आउँदो शनिवार राष्ट्रपतीय चुनाव हुँदैछ । चीनले ताइवानलाई आफ्नै भूमि ठान्छ तर ताइवानले स्वतन्त्र राज्यको दाबी गर्दै आएको छ । धेरै देशले ताइवानलाई छुटै राज्यको मान्यता नदिएको भए पनि अमेरिकाले स्वतन्त्र राज्यकै रूपमा सहयोग गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics