जोडिनुहोस
  • होमपेज
  • माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ

माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका छन् ।

जसपा नेपाल पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका हुन् । जसपा नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरूलाई हटाउन समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘उपेन्द्रजी र हामी केही दिन अगाडीसम्म केन्द्र र प्रदेश सरकारमा सँगै थियौँ, उनले भने ‘समाजवादी मोर्चामा पनि सँगै काम गर्‍यौँ, विचार र मन मिलेको छ भने एक साथ मिलेर अगाडी बढौँ, समाजवादको ध्येय पूरा गरौँ ।’ उनले जसपा नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरूलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

जसरी उपेन्द्रजी ले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाइ गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरू समेत विचलित नहुने उनले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances