जोडिनुहोस
  • होमपेज
  • भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान

अन्तर्राष्ट्रिय

भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान

भारतीय राष्ट्रपति अल्जेरिया प्रस्थान

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया प्रस्थान गरेकी छिन् ।

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३–१५ सम्म अल्जेरियाको भ्रमण गर्ने छिन्।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।भ्रमणको अन्त्येमा उनले अक्टोबर १७–१९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका