जोडिनुहोस
  • होमपेज
  • बुढानिलकण्‍ठमा एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

बुढानिलकण्‍ठमा एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङ छन्।तोडफोड गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी खटिएको थियो। उनीहरूबाट एउटा रड पनि बरामद भएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances