जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

काठमाडौं– हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ ।

दुइदिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या सम्मेलनमा राजनीतिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्‌घाटन गरेका थिए ।

सम्मेलन हरेक वर्षका दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिए । सम्मेलनमा कथा, कविता लगायतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उनले बताए । स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको नेपाल भाषा साहित्य तःमुंज्याले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका