जोडिनुहोस
  • होमपेज
  • पुनर्निर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

पुनर्निर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति सरकार गम्भीर रहेको बताएका छन् । उनले सरकार तत्काल पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताए ।

खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णय गरिने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । सीमित बजेटका बाबजुद पुनर्निर्माण र पुनःव्यवस्थापनका काम गर्नुपर्ने उनको भनाइ छ ।

फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने ओलीले बताए ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोसी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका