जोडिनुहोस
  • होमपेज
  • अमेरिकी निर्वाचन ; अर्ली भोटिङ सुरु

अन्तर्राष्ट्रिय

अमेरिकी निर्वाचन ; अर्ली भोटिङ सुरु

अमेरिकी निर्वाचन ; अर्ली भोटिङ सुरु

अमेरिकामा ‘अर्ली भोटिङ’ सुरु भएको छ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक निर्वाचन ५ नोभेम्बरका दिन हुँदै छ । यसरी सुरुवाती मतदान क्रम चली रहँदा पनि दुवै उम्मेदवारले अभियानलाई निरन्तरता दिएका छन् ।

यसै अभियानमा एक रेडियो अन्तरवार्तामा ह्यारिसले ट्रम्पलाई आफूले फासिवादी भएको कुरा स्वीकार गरेकी छन् । ह्यारिसले नयाँ लगानी र उज्ज्वल भविष्यको कल्पना गरी रहेको समयमा ट्रम्पले विगतको कुरामा मात्र धेरै अल्झन चाहेको आरोप पनि ह्यारिसले लगाएकी छिन् । डेट्रोयटमा अन्तरवार्ता दिने क्रममा आफ्नो नीति अश्वेत पुरुषहरूका लागि उपयोगी हुने प्रतिबद्धता जाहेर गरेकी थिइन् । अन्तरवार्ताकै क्रममा ह्यारिसले अधियोजकको रूपमा विगतमा गरेको काममा सधैँ गर्व गर्ने गरेको समेत बताइन् ।

जो बाइडेनले फिलाडेल्फियामा ह्यारिसको पक्षमा कार्यक्रम आयोजना गरेका थिए । यी दुवै उम्मेदवार सञ्चार माध्यममा पनि उत्तिकै व्यस्त छन् । सिकागो इकोनोमिक क्लबसँगको अन्तरवार्तामा ट्रम्पले आफूले भ्लादिमिर पुटिनसँग सम्पर्क भएको विषयमा पूर्ण अस्वीकार गर्न सकेनन् । यसै बिचमा कमला ह्यारिसले मिचिगनमा एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिएकी थिइन् ।

स्टिकर बनाएर विपक्षीका बारे नकारात्मक प्रचार गर्ने शैली अमेरिकी निर्वाचनमा पनि यस पटक देखिएको छ । एटलान्टामा डोनाल्ड ट्रम्पको कार्यक्रमको समयमा ट्रोल बनाइयो । ‘ कमला बोर्डर प्लाः मेक अमेरिका हाइटी’ भनेर लेखिएको स्टिकर टाँसिएको थियो । त्यसै कार्यक्रममा राखिएको अर्को स्टिकरमा लेखिएको थियो,‘ योर न्यु अपार्टमेन्ट मेनेजर इफ कमला विन ’ लेखिएको थियो । यसमा चार जना ग्याङ स्टारको तस्बिर राखिएको थियो ।

अवैध आप्रवासी प्रवेशलाई ह्यारिसले प्रशय दिएको आरोप डोनाल्ड ट्रम्पले बारम्बार लगाउँदै आएका छन् । ओहियोमा भने ट्रम्पले हाइटीका आप्रवासीको विषयमा बारम्बार मुद्दा उठाइरहेका छन् । अहिले हाइटीका आप्रवासीको बारेमा समेत ट्रम्पले गलत अफवाह फैलाएको आरोप ह्यारिसले बारम्बार लगाएकी छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका