जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ‘सुरक्षा’ का कारण बहराइनले इन्डोनेसियामा विश्वकप छनोट नखेल्ने

‘सुरक्षा’ का कारण बहराइनले इन्डोनेसियामा विश्वकप छनोट नखेल्ने

बहराइनको राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियामा हुने विश्वकप छनोट खेल नखेल्ने बताएको छ । सुरक्षाको कारण देखाउँदै बहराइनले इन्डोनेसियामा फुटबल नखेल्ने बताएको बीबीसीले जनाएको छ ।

बहराइन फुटबल एसोसिएशनका अनुसार गएको हप्ता दुवै टोलीबीचको विवादास्पद २–२ गोलको बराबरीपछि इन्डोनेसियाका समर्थकहरूले बहराइनका खेलाडीलाई अनलाइनमार्फत मार्ने धम्की दिएका थिए ।

बहराइन र इन्डोनेसियाबीचको विश्वकप छनोट खेल अर्को वर्ष मार्चमा जकार्तामा हुने तालिका छ तर बहराइन फुटबल एसोसिएशनले फिफालाई खेल इन्डोनेसियाबाहिरको ठाउँमा सार्न आग्रह गरेको छ । यसबारेमा इन्डोनेसियाली फुटबल सङ्घ र फिफाले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका