
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बसिरहेको छ।
समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतका नेता सहभागि छन्।