
काठमाडौं। स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।