
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले दसैँ, तिहार र छठको अवसरमा सांस्कृतिक महोत्सव मनाएको छ । दूतावासभित्र बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाल–भारतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा विभिन्न दलका नेता, सांसदलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । नेपाल र भारतका परम्परागत परिकारको व्यवस्थाको साथै ‘पिङ’ खेलको पनि आयोजना गरेको थियो ।