जोडिनुहोस
  • होमपेज
  • रवि पक्राउ परेपछि मनिष झाले भने-देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

रवि पक्राउ परेपछि मनिष झाले भने-देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् । पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् ।

प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर, भ्रष्टहरूलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन् । दुई तिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ ।

प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाएका छन् । शनिबार पोखरामा प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता झाले सरकार अब नाङ्गिएको बताएका हुन् । उनले भने, ‘यो सरकारले सबै ठाउँमा आ-आफ्ना मान्छे पुर्याउने, आफ्नो कार्यकर्ता भर्ती गर्ने काम गरिरहेको छ । हुँदाहुँदै अदालतमा पनि आफ्नो कार्यकर्ता पुर्याएको छ । यसको परिणाम हामीले देखिसकेका छौं यो सरकार नाङ्गिएको छ ।’

झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिँदै व्यङ्ग्यात्मक रूपमा भने,‘गगन थापा तिमी पनि नाङ्गियाैँ अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौँ । नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको ?’

यस्तै उनले भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे । उनले शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठूलो ठग भएको आरोप लगाएका छन् । उनले भने, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन ? सदियौँदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृति हाबी भइसकेको छ । शेरबहादुर देउवा त सबैभन्दा ठूलो ठग हुन । लोकतन्त्रको सबैभन्दा ठूलो ठग हुन । त्यसको जवाफ हामीले दिनैपर्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका