जोडिनुहोस
  • होमपेज
  • युद्धपछि अफगानिस्तानमा गरिबीसँग जुध्दै स्थानीय

युद्धपछि अफगानिस्तानमा गरिबीसँग जुध्दै स्थानीय

काठमाडौं। दशकौंदेखिको विदेशी आक्रमण, आन्तरिक द्वन्द्व र गृहयुद्धले अफगानिस्तानलाई विनाश, विस्थापन र चरम गरिबीको अवस्थामा पुर्याएको छ । युद्धपछि अफगानिस्तानका स्थानीय जनता अझै पनि गरिबीले त्रसित छन् ।

आफ्नो जन्मभूमि कुन्दुज प्रान्तको द्वन्द्वबाट भागेका जाहिर अहिले काबुलको एउटा बस्तीमा बस्छन् । उनले आफ्नो जस्तै परिवारहरूको लागि भयानक वास्तविकता वर्णन गरे । खाना निरन्तर चिन्ताको विषय बनेको बताए ।

युद्धग्रस्त हेलमाण्ड प्रान्तका गुल १८ वर्षदेखि काबुलमा बस्दै आएका छन् । उनले युद्धले आफूसँग भएको सबै थोक भष्म पारेको बताए । अगस्टमा मानवीय मामिला समन्वय कार्यालयको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देशको आधाभन्दा बढी जनसंख्यालाई (२३.७ मिलियन अफगानीहरूलाई) मानवीय सहायताको आवश्यकता रहेको बताएको छ ।

४८ प्रतिशत गरिबीको रेखामुनि बस्ने गरेको खुलासा गरेको छ । अफगानिस्तानको कार्यवाहक प्रशासनले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन नहर, खानी र सडकलगायत विकास परियोजनाहरू शुरु गरेको छ । तर स्थानीयवासीले चुनौती पार गर्न वर्षौं लाग्ने विश्वास गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका