जोडिनुहोस
  • होमपेज
  • सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई खटाइयो

सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई खटाइयो

काठमाडौं। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई खटाइएको छ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यही सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका छन्। त्यस्तै यही मुद्दामा पूर्व डीआईजी छविलाल जोशी पनि पक्राउ परेका छन्।

यसको अनुसन्धान गर्न सीआईबीबाट दुई जना प्राविधिक प्रहरी खटिएका थिए। तर मुद्दाको गाम्भीर्यता हेरेर अनुसन्धानमा सघाउन डीएसपी तिवारीलाई पठाइएको सीआईबी प्रमुख दीपक थापाले जानकारी दिए।

तिवारी यसअघि ६० किलो सुन प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पनि खटिएका अधिकृत हुन्। हाल जिल्ला प्रहरी कार्यालय पोखराका डीएसपी बसन्त शर्मा अनुसन्धान अधिकृत छन्।

लामिछानेलाई सीआईबीले गत शुक्रबार पक्राउ गरी कास्की पठाएको थियो। छविलाल जोशीलाई भने कास्कीमा बयान सकेर बयानका लागि बुटवल लगिएको छ।

त्यहाँ सुप्रिम सहकारीको बचत रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि जोशीलाई सोमबार लगिएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका