जोडिनुहोस
  • होमपेज
  • अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप

काठमाडौं– अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध सङ्घीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ।

ट्रम्पले लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको आरोप लगाइएको छ । यसले लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्‍याउन अमेरिकी चुनावमा स्पष्ट विदेशी हस्तक्षेप गरेको पुष्टि हुने ट्रम्पले दाबी गरेका छन् ।

उजुरीमा लेबर पार्टी र कमला ह्यारिसको अभियान बीचको सम्पर्कको बारेमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै यो अवैध योगदान भएको उल्लेख गरिएको छ । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका