
काठमाडौं– विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचढड’ सहितका विपक्षी दलका नेताहरूले अपराह्न ४ बजेपछि राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता बुद्धिमान तामाङ र हेमजंग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।