जोडिनुहोस
  • होमपेज
  • कार्यकर्ताले दिएको हयोग रकम पर्याप्त हुन सकेन, मीनबहादुरको दान स्वीकार गर्‍यौँः शङ्कर पोखरेल

कार्यकर्ताले दिएको हयोग रकम पर्याप्त हुन सकेन, मीनबहादुरको दान स्वीकार गर्‍यौँः शङ्कर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको भवन निर्माणमा कार्यकर्ताबाट आएको रकम अपुग भएको बताएका छन् ।

उनले पार्टी निर्माणका लागि कार्यकर्ताबाट सहयोग सङ्कलन अभियान चलाइए पनि पर्याप्त रकम सङ्कलन नभएको बताए । उनले कार्यकर्ताले दिएको रकम अपुग भएपछि र पुरानो जमिनमा भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जग्गा लिएको बताए ।

पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे विवाद गर्न नमिल्ने बताउँदै उनले सहयोग लिनु स्वाभाविक भएको र त्यसलाई अन्यथा ठान्न नमिल्ने दाबी गरे ।

‘एमाले कार्यकर्ताबाट सहयोग सङ्कलनको अभियान नचलाइएको होइन । बल्खुस्थित जमिनमा खोला किनारमा संरचना निर्माणको नयाँ मापदण्ड जारी भएका कारणले सम्भव भएन । पार्टी पङ्क्ति भित्रबाट सहयोग पर्याप्त सङ्कलन हुन नसकेको र पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने संस्थागत निर्णय गरिएको थियो’ उनले भनेका छन् ।

महाविपत्तिमा भएको क्षतिको पुन निर्माणमा सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै भएको पोखरेलको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका