जोडिनुहोस
  • होमपेज
  • हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरे

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरे

काठमाडौं। हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरेका छन् । यीमध्ये ११ वटा बाँदर ब्याक्टेरियाको सङ्क्रमणबाट मरेको पुष्टि भएकामा एउटाको परीक्षण हुन बाँकी रहेको बीबीसीले जनाएको छ । द डि ब्राजा चिडियाखानामा शुरूमा १३ अक्टोबरमा ८ वटा बाँदर एकैपल्ट मरेपछि सबैलाई अलग्गै राख्न थालिएको थियो ।

मरेको बाँदरहरूको परीक्षण गर्दा चिडियाखाना नजिकैको दूषित माटोबाट ब्याक्टेरिया निस्केर सङ्क्रमण फैलिएको पाइएको छ । दूषित माटो, हावा वा पानीको सम्पर्कबाट सर्ने सङ्क्रमण रोग मेलियोइडोसिसका कारण बाँदरहरू मरेका अधिकारीहरूले बताएका छन् ।

हङकङको सिटी युनिभर्सिटीका भेटेरिनरी एपिडेमियोलोजिस्ट डर्क फिफरले यो सङ्क्रमण मानिसमा सर्ने जोखिम भने धेरै कम रहेको बताए । उनले एशियामा माटोको प्रदूषण परीक्षण निकै कम हुने गरेको भन्दै यो अतिआवश्यक रहेको बताए ।

कैद गरेर राखेका जनावरहरूको आसपासमा भएका माटो परीक्षण नहुँदा विश्वमा नै विभिन्न सङ्क्रमणका कारण जनावर मर्ने समस्या रहिआएको छ । हङकङमा सन् १९७० को दशकको मध्यतिर डल्फिनहरू मरेको पाइएपछि परीक्षणका क्रममा मेलियोइडोसिसको पुष्टि भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका