
मानवसेवा आश्रमले नौ दिनमा देशैभरबाट ९८ जनाको उद्धार गरेको छ । ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ । आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ ।असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४, मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल सम्मबाट १४ जना रहेका छन् ।