जोडिनुहोस
  • होमपेज
  • सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छ, सरकार पूरा कार्यकाल चल्छः सभापति देउवा

सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छ, सरकार पूरा कार्यकाल चल्छः सभापति देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए । सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए ।

‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु,’उनले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ ।’

उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताए । राहत तथा खोजि उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए ।

‘बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो,’ उनले भने, ‘हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम ।’

वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए । सभापति देउवाले सरकारको कामप्रति असन्तुष्टि हुने कुनै ठाउँ नरहेको जिकिर गरे ।

उनले भने–‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’

सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरु आउनु स्वभाविक रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका