जोडिनुहोस
  • होमपेज
  • २१ किलो चाँदीसहित बारा र रौतहटबाट तीन जना पक्राउ

२१ किलो चाँदीसहित बारा र रौतहटबाट तीन जना पक्राउ

वीरगञ्ज – अवैध रुपमा ल्याइएको चाँदीसहित बारा र रौतहटबाट तीन जना पक्राउ परेका छन्।

बारा प्रहरीले शुक्रबार बिहान जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जमा चेकजाँच गर्ने क्रममा दुई वटा मोटरसाईकलमा आएका दुई जनाको साथबाट १४ किलो चाँदी बरामद गरेको हो।

चेकजाँचको क्रममा ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा आएका बारा प्रसौनी गाँउपालिका–६ प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनारको साथबाट १६ लाख १० हजार ३२५ रुपैयाँ बराबरको ९ किलो चाँदी बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

यसैगरी ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा आएका जितपुर सिमरा उपमहानगरपालिका–८ गमरगावा टोल बस्ने २७ वर्षीय सुरेश महतोको साथबाट ८ लाख ९४ हजार ६२५ रुपैयाँ बराबरको पाँच किलो चाँदी बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

चाँदीसहित पक्राउ परेका दुवै जनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए। यसैगरी रौतहटबाट ७ किलो १८७ ग्राम अवैध चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको सितामढीका वर्षीय चन्देश्वर साह रहेका छन्। गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालयअगाडि चेकजाँच गर्ने क्रममा बीआर ०५ एफ ६६३५ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि प्लाष्टिकको पोकाभित्र लुकाइराखेको चाँदी बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए।

बरामद चाँदीको मूल्य ८ लाख २७ हजार ९ सय २० रुपैयाँ रहेको तथा चाँदीसहित पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको रायले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका