
काठमाडौं– सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालिकाको काभ्रेपलाञ्चोकमा बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरेको छ ।
संस्थाका तुलसी जंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरूप प्रति घर डसना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको हो ।
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो सन् २०१२ देखि कार्यशील रहेको छ । यसको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।