
काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका–११, ख्याकूका २९ वर्षीय शिव आलेमगरसहितका व्यक्तिहरू छन् ।
सोही ठाउँका रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ९३ हजार ३१५ रुपैयाँ, एक बुक तास र तीनथान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।