जोडिनुहोस
  • होमपेज
  • नागरिकलाई सम्भावना र अवसर दिँदै छौँ : गृहमन्त्री लेखक

नागरिकलाई सम्भावना र अवसर दिँदै छौँ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन्। आइतबार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले डेमोक्रेसीको ‘डि’सँगै अरू दुईवटा ‘डि’ को आवश्यक हुने बताए।

लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए। उनले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताए। उनले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताए।

नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताए।

वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको बताए। उनले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताए। उनले भने, ‘डेमोक्रेसीको डिसँग अरु दुई वटा डि जरुरी हुन्छ। डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ। लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ। र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युशन) वितरणको डि हो। वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो।’

गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताए। उनले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका