जोडिनुहोस
  • होमपेज
  • जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ

जनकपुरबाट २२१ किलो गाँजासहित एकजना पक्राउ

जनकपुरधाम। जनकपुरधामबाट प्रहरीले २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन्।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित चेकजाँचको क्रममा बाबा आयल सेन्टर नजिकबाट ना ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो।

ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेका चालक प्रकाशमाथि थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका