जोडिनुहोस
मङ्लबार, कार्तिक २७, २०८१
मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह

सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको प्रष्ट पारे ।

उनले भने, ‘कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’

उनले आफूलाई वैकल्पिक शक्तिहरू भन्नेहरुले कानुनको पालना गर्न नपर्ने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमान्दारिता नदेखिएको बताए । उनले भने, ‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरुको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ? अहिले आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारिता हुनुपर्दैन ?

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका