
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको लेनदेनप्रति कुनै चासो नभएको बताएका छन् ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन । हामीलाई मतलब छ, राष्ट्र र जनताको हितको । भ्रष्टाचारीको उन्मूलन हामीले चाहेका हौँ । रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ,” उनले भने ।