
काठमाडौं। सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो। यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो। त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार रहेको थियो।
त्यस्तै मंगलबार चाँदीको मूल्य २ हजार १ सय ५ रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।