जोडिनुहोस
बिहिबार, कार्तिक २२, २०८१
बिहिबार, कार्तिक २२, २०८१
  • होमपेज
  • संघीयता र गणतन्त्रलाई बाधा पुग्ने गरि संविधान संशोधन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

संघीयता र गणतन्त्रलाई बाधा पुग्ने गरि संविधान संशोधन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

बिराटनगर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने जनाएका छन्।

बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेस बीच संविधान संसोधनका विषयवस्तु र प्रक्रिया बारे छलफल भईरहेको भन्दै मुलुकको उपलव्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नगरिने बताएका हुन्।

उनले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संशोधन गरिने बताए। उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताए।

सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकुल नदेखिएको उनको भनाइ छ। पोखरेलले मीनबहादुर गुरुङले दिनुभएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गईसकेकोले अदालतको निर्यणलाई हेरेर अघि बढ्ने जानकारी दिए।

गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका