जोडिनुहोस
  • होमपेज
  • तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्यो

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ यान अन्तरिक्षमा पुग्यो

तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्षयान अन्तरिक्षमा पुगेको छ । ६ घण्टाभन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेशनमा पुगेको बीबीसीले जनाएको छ ।

तीन जना अन्तरिक्षयात्रीमध्ये एक जना चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर र एक जना चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् । उनीहरू अबको ६ महिना अन्तरिक्ष स्टेशनमा बस्नेछन् ।

चीनको आफ्नै अन्तरिक्ष स्टेशन छ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानिस पुर्‍याउने गरी काम गरिरहेको छ । चीनले अन्तरिक्षमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ ।

दुई वर्षअघि मात्रै चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्षको अन्वेषण, स्पेस उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष ताकतको निर्माण गर्ने घोषणा गर्नुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका