जोडिनुहोस
  • होमपेज
  • चाडपर्वमा पशुलाई चिल्लो खानेकुरा दिँदा पेट ढाडिने समस्या हुन्छ ; नार्क

चाडपर्वमा पशुलाई चिल्लो खानेकुरा दिँदा पेट ढाडिने समस्या हुन्छ ; नार्क

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुने जनाएको छ ।नार्कले एक सूचना जारी गर्दै चाडपर्वमा बढी भएको चिल्लो खानेकुराहरू पशुलाई दिँदा पेट ढाडिने समस्या हुनसक्ने जनाएको हो । त्यस्ता खानेकुरा पशुलाई सकभर नदिन र दिनैपरेमा राम्ररी पकाएर घाँस, पराल २ भाग र उक्त चिल्लो खानेकुरा १ भागको अनुपात मिलाएर खुवाउन सुझाएको छ । यस्तै, पशुवस्तुलाई खुवाउने पराल र दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्नुका साथै चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुन सक्ने जनाएको छ । ढुसीको संक्रमण भएको दाना वा पराल पशुवस्तुको पाचनक्रियामा समस्या आउनुका साथै विष उत्पन्न भई पशुवस्तु मर्न सक्ने नार्कले उल्लेख गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका