
काठमाडौं। निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो।
अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको थियो।