जोडिनुहोस
मङ्लबार, कार्तिक २७, २०८१
मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • गुगलसँग १५ वर्षसम्म लडेर ३ खर्ब ४८ अर्ब जरिवाना तिराउने दम्पती

गुगलसँग १५ वर्षसम्म लडेर ३ खर्ब ४८ अर्ब जरिवाना तिराउने दम्पती

काठमाडौं। “गुगलले हामीलाई इन्टरनेटबाट लगभग गायब बनायो” यो शिवान राफ र उनका पति एडम राफको भनाइ हो। यो दम्पतीले २००६ मा आफ्नो राम्रो पारिश्रमिक भएको जागिर छोडे र वस्तु तथा सेवाको बजार मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेम सुरु गरेका थिए ।

तर, त्यसपछि सर्च इन्जिनको स्वचालित स्पाम फिल्टरहरू मध्ये एकको कारणले फाउन्डेममा गुगल सर्च पेनाल्टी लगाइयो । जसले वेबसाइटको व्यवसायलाई असर गर्यो। वास्तवमा, यस पेनाल्टीको कारण फाउन्डेम इन्टरनेटमा ‘प्राइस कम्पेरिजन’ र ‘कम्पेरिजन शपिङ’ जस्ता कीवर्डबाट गरिने खोज परिणामहरूको सूचीमा धेरै पछाडि धकेलियो।

स्टार्टअप सुरु गर्ने संस्थापकहरूका लागि स्टार्टअप सुरु भएको पहिलो दिन उत्साह र आशंकाले भरिएको हुन्छ । तर, शिवान र एडमका लागि यो झनै खराब थियो। एडम भन्छन्, “हामीले हाम्रा पेजहरूको बरियता कस्तो भनेर हेर्नको लागि निगरानी गरिरहेका थियौं र त्यसपछि हामीले ती सबै तुरुन्तै घटेको देख्यौं ।”

पहिलो दिन फाउन्डेमको योजना अनुसार चलेन। यसले १५ वर्षसम्म चल्ने कानुनी लडाइँलाई जन्म दियो। र, अन्ततः गुगललाई २.४ बिलियन पाउण्डको रेकर्ड जरिवाना लगाइयो । अदालतमा गुगलले आफ्नो बजार प्रभुत्वको दुरुपयोग गरेको ठहर गरिएको थियो।

यस केसलाई गुगलको विश्वव्यापी नियमनमा ऐतिहासिक क्षणको रूपमा हेरिएको थियो। गुगलले जुन २०१७ मा जारी भएको उक्त निर्णयको विरुद्ध अदालतमा सात वर्ष लामो लडाइँ लडे पनि यस वर्ष सेप्टेम्बरमा युरोपको सर्वोच्च अदालतले गुगलको अपिललाई खारेज ग¥यो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका