
काठमाडौं। भ्यालेन्सियाको पूर्वी क्षेत्र र अल्बासेटे र कुएन्काका छिमेकी प्रान्तहरूमा विनाशकारी फ्ल्यास बाढीबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ। स्पेन सरकारले बुधबार तीन दिने शोकको घोषणा गरेको छ।
भारी वर्षाका कारण भ्यालेन्सियाका भाग, अल्बासेटे र कुएन्का प्रान्तहरू मंगलबार राति र बुधबार बिहान डुबानमा परेका थिए।
सेप्टेम्बर १९६६ पछिको सबैभन्दा भारी वर्षा भएको बताइएको छ। धेरै कारहरू बगाएको छ भने मगरो नदीको पुल डुबेको समाचारमा उल्लेख छ। स्पेनी सेनाको आपतकालीन प्रतिक्रिया युनाइटेड (यूएमई)का एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा उद्धारमा खटिएका छन्।