जोडिनुहोस
  • होमपेज
  • मतदातालाई पैसा बाँढ्ने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि अदालतमा सुनुवाइ हुँदै

मतदातालाई पैसा बाँढ्ने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि अदालतमा सुनुवाइ हुँदै

काठमाडौं। मतदातालाई १० लाख डलर पुरस्कार दिने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि आज अदालतमा सुनुवाइ हुँदैछ । मस्कले पेनसिल्वेनियामा दर्ता भएका मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेपछि त्यसको विरुद्धमा अदालतमा मुद्दा परेको हो ।

पेनसिल्वेनियाका एक न्यायाधीशले तत्काल एक सुनवाइमा उपस्थित हुन मस्कलाई आदेश दिएका बीबीसीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता लैरी क्रासनरले मस्क र उनको राजनीतिक समूह अमेरिकन पीएसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

लैरी क्रासनरले पेनसिल्वेनियाका न्यायाधीशसमक्ष गएको शुक्रवारदेखि यही बिहीवारसम्म मस्कले दिने पुरस्कार रोक्न तत्काल सुनवाइ गर्न अनुरोध गगरेका थिए । यो चुनावमा एलन मस्कले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पूर्ण समर्थन गरिरहेका छन् ।

मस्कले नोभेम्बर ५ तारिखमा हुने चुनावसम्म दैनिक ७ स्विङ स्टेट्सका कुनै एक मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन् । यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट हुनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले पुस्तिकामा हस्ताक्षर गर्नेहरूलाई १०० डलर र अरुलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहनुभएको छ । अरु स्विङ स्टेट्समा अरुलाई रिफर गर्नेलाई मस्कले ४७ डलर दिइरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका