काठमाडौं। नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो।
दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
दुर्घटनापछि मिनी ट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको कोइरालाले बताए।