जोडिनुहोस
  • होमपेज
  • यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्यो

यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्यो

काठमाडौं। यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाडौंको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् ।

भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका व्यापारी सजीव बज्राचार्यले यही असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्न गएको बताए ।

मूल्य बढेकाले यसपटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । ग्राहकहरुले पनि यसवर्ष भाइमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् ।

बजारमा यस वर्ष काजु प्रतिकिलो २ हजार दुई सय रुपैयाँ, बदाम एक हजार सात सय, किसमिस ६ सय, ओखर ५ सय ५० रुपैयाँ रहेको छ ।

यस्तै अनजिर २ हजार दुई सय, नरिवल ५ सय ५०, दाना मिश्री एक सय ८०, धागो मिश्री दुई सय, मखना २ हजार, दालचिनी आठ सय रुपैयाँ रहेको छ । यी सबै सामानको भाउ गएको वर्षभन्दा २५ देखी ३० प्रतिशत बढेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका