
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत स्कटल्याण्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ।
अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। आँधिहुरी र वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका छन्।
नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अंकका साथ सातौँ स्थानमा छ। नेपालले अब लिग २ मा २०२५ मे मा स्कटल्याण्डमा गएर खेल्नेछ।