
काठमाडौं। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले राजीनामा दिएका छन्।
मुख्यमन्त्रीलाई समेत जानकारी नदिई जापान गएपछि विवादमा तानिएका मन्त्री अधिकारीले आज राजीनामा दिएका हुन् । मुख्यमन्त्री हिम्मत कार्कीले पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा दिन सुझाव दिएपछि उनले राजीनामा बुझाएका हुन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी कसैलाई थाहै नदिई कार्यक्रममा भाग लिन यही कात्तिक १३ गते जापान गएका थिए ।
भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको अधिकारीले बताए।