काठमाडौं। सुदुरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो ।
सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ रन मात्र बनायो ।