
काठमाडौं। शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन नारायणी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब २० करोडको शेयर कारोबार भएकोमा आज एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।