जोडिनुहोस
  • होमपेज
  • १३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प

अन्तर्राष्ट्रिय

१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प

  • Sagarmatha TV
  • बुधबार, कार्तिक २१, २०८१
१३२ वर्षपछि नयाँ रेकर्ड बनाउँदै ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति निश्चित भएका डोनाल्ड ट्रम्पले १३२ वर्षपछि नयाँ रेकर्ड बनाउने भएका छन्। बुधबार आएको पछिल्लो मतपरिणाम अनुसार उनी अमेरिकाको ४७औं राष्ट्रपति बन्ने सुनिश्चित भइसकेको छ।

उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुँदैछन्। सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए।

तर सन् २०२०मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए। राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्राय ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन्। त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ। तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जवरजस्त पकड थियो। उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बने।

योसँगै तेस्रो पटक राष्ट्रपतिका लागि उठेका ट्रम्पको जित सुनिश्चित भइसकेको छ। अन्तिम परिणाम मात्रै आउन बाँकी छ। यो भन्दा अघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए। उनी पहिलो पटक १८८५मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भएका थिए। त्यसपछि फेरि १८९३ मा २४ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका