जोडिनुहोस
  • होमपेज
  • तोलामै ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

तोलामै ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जिते सँगै नेपाली बजारमा सुनको भाउ ह्वातै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै ४ हजार रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका